सिरहामा सखुवाको काठहित गाडी र चालक वनको नियन्त्रणमा

[sharethis-inline-buttons]

आज्ञा खबर
सरिहा
सिरहामा सखुवाको चिरिएको काठ सहित काठ लोड गरिएको गाडी र चालकलाई सव डिभिजन कार्यालय बन्दीपुरले नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा सब डिभिजन वन कार्यालय बन्दीपुरका वन अधिकृत मोहम्वद आबिद हुसेन नेतृत्वको वन कर्मचारीले गाडी, चालक र काठ नियन्त्रणमा लिएको हो ।
जिल्लाको कर्जन्हा नगरपालिका १ बल्टियाबाट बुधबार बिहान एक सय क्यूविकफिट सखुवा प्रजातिको चिरिएको काठ लोड गरिएको गाडीसहित गस्ती टोलीले ज १ च १५७३ नम्वरको अशोका लेल्याण्ड पिकपमा बन्दिपुरतर्फ ल्याउँदै गरको फेन्टा सहित गाडी र चालकलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय लाहानले जनाएको छ ।

नियन्त्रणमा लिएको काठ डिभिजन वन कार्यालय सिरहा, लहानलाई बुझाएको र आवश्यक कागजात खोजतलाससहित यस सम्वन्धमा थप अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय सिरहा, लहानले जनाएको छ।

 

वन कार्यालयले काठ तस्करी नियन्त्रणका लागी लगििप्रयास गरेपनि प्रहरी प्रशासनको मौन्ताले सिरहाको चुरेक्षेत्रबाट व्यापक रुपमा काठ तस्करी भइरहेको स्थानियहरु बताउँछन्। यस क्षेत्रबाट तस्करहरुले प्रहरी प्रशासनलाई नजराना तिरी रातीको समयमा काठ तस्करी गरी सहःमिलहरुमा पुर्याउने गरेको स्थानीयको भनाई छ।