गित संगितले संस्कार सिकाउने आधुनिक गायक तथा संगीतकार पुर्ण परियार

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
नेपाली आधुनिक गायक,संगीतकार तथा गित संगितका प्रशिक्षक पुर्ण परियारले गित संगितले संस्कार सिकाउने बताएका छन । महोत्तरीको बर्दिवासमा आईतवार आज्ञा खबर मिडिया प्रा.ली. द्वारा संचालित युटुब च्यानल तथा अनलाईन पत्रिकासंग कुराकानी गर्ने क्रममा उनले सो कुरा बताएका हुँन ।
उनले कलाकार बन्न लगनशिलता ,भावना र राम्रो स्वर हुनुपर्ने जनाए । गित संगितका प्रशिक्षक परियारले देश अहिले पनी पहुँचवालाहरुकै कब्जामा रहेकाले आफु निर्माता रहेको चलचित्र कोहोला मेरो मायालु र उद्धब पौडेलले निर्माण गरेको चलचित्र पर्खिबसे एउटै कथामा आधारीत रहेको दुईवटा चलचित्र निर्माण गर्न अनुमती दिएर चलचित्र बिकास बोर्डले आफुमाथी ठुलो अन्याय गरेको गुनासो गरे ।
हेर्नुहोस परियारसंग गरिएको कुराकानी