स्थानीय तहका विपन्नलाई कम्बल वितरण

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
मधेस प्रदेश सरकारले जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीलाई विपन्न नागरिककालागि वितरण गर्न २ हजार थान कम्बल उपलव्ध गराए मध्ये

एक हजार दुई सय ८० थान कम्बल वितरण गरिएको छ ।

कम्बल मलंगवा, बलरा, गोडैता, बागमती, हरिवन र ईश्वरपुर नगरपालिका, कौडेना, चक्रघट्टा, विष्णु, रामनगर, धनकौल, कविलासी, चन्द्रनगर, हरिपूर्वा, पर्सा र ब्रह्मपुरी गाउँपालिकाका अतिविपन्न नागरिकलाई वितरण गरेको हो।

 

कम्बल बितरणमा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण धिताल, सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हेडक्वार्टर गण सर्लाहीका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धानका अनुसन्धान उपनिर्देशक सन्तोष ढुङ्गेलसहितको टोलीले अतिविपन्न बस्तीमा पुगेर कम्बल वितरण गरेको बताईएको छ ।

बाँकी स्थानीय तहका विपन्नलाई पनि कम्बल वितरण गर्ने कार्यक्रम रहेको प्र. जि. अ धमलाले जानकारी दिए।