आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास स्थित जनता मा. बि. बर्दिवास २ बाट २०४९ सालमा एसएलसी दिएका बिद्यार्थी को संस्था बर्दिबास हेल्प फाउण्डेसनले जाडोबाट प्रभावित विद्यालयका बिपन्न बालबालिकाका लागि ‘न्यानो अभियान सञ्चालन गरेको छ ।
केही दिन यता शीतलहरको प्रकोपबाट कठ्याङ्ग्रिने विपन्न समुदायका बालबालिका प्रभावित हुन थालेपछि सहयोगका लागि
फाउण्डेसनले अहिलेसम्म नगर क्षेत्रका ५ विद्यालयका कक्षा १ देखी कक्षा ५ सम्म अध्यनरत १२५ जना बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।
फाउण्डेसनले जन जागृति आधारभूत विद्यालय बुद्धचोक, माध्यमिक विधालय हात्तीलेट, जनजागृति मावि पाटु, राष्ट्रिय आधारभूत विद्यालय किसान नगर तथा माध्यमिक विद्यालय कामीडाँडामा पढने बालबालिका लाई न्यानो बितरण गरेको संस्थाका उपाध्यक्ष दान बहादुर थापा (बिष्णु) ले जानकारी दिए ।
उनले एक हजार २०० को दरले एक लाख ५० हजार मूल्य बराबरको न्यानो ट्रयाकसुट वितरण गरिएको जनाए । यो रकम फाउण्डेसनका १९ जना संस्थाका सदस्य तथा पदाधिकारीबाट सङ्कलन गरिएको बताईएको छ ।