चोरी तथा सवारी ज्यान मुद्दामा फरार २ जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
बारा
चोरी तथा सवारी ज्यान मुद्दामा फरार २ जनालाई शनिबार बारा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्बर ६ बस्ने विक्रम घलान र जीतपुर सिमरा उपमहानगरपालिका ५ बस्ने सुनिल पासवान रहेका छन ।

जिल्ला अदालत बाराबाट घलानमाथि चोरी मुद्दा अन्तर्गत २० दिन कैद र एक हजार जरिवानाको फैसला थियो । यसै गरी पासवानमाथि ३ महिना कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो ।
जिल्ला अदालतबाट कैद र जरिवानाको फैसला भएपछि दुवै जना लुकिछिपी बस्दै आएका उनिहरुलाई सर्च अभियान अन्तर्गत पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जनाए । पक्राउ परेका दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जनाएको छ ।