आज्ञा खबर
जनकपुरधाम
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एक हप्ताभित्र विश्वासको मत लिने तयारी गरेका छन् । जनमत पार्टीले मधेस प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री यादवले गठबन्धन दलहरुसँग छलफल गरेर, विश्वासको मत लिने जनाएका छन ।
मधेश प्रदेमा रहेका संसदिय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने । संवैधानिक व्यवस्था रहेको छ ।
पाँच दिन अगाडि सरकारमा सहभागी जनमत पार्टीले सरकारबाट बाहिरिँदै मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएको थियो । माघ ९ गते जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई पत्र पठाउँदै सरकारबाट आफ्नो पार्टीले समर्थन फिर्ता लिएको जानकारी गराएका थिए ।