सर्लाहीबाट ८ जुवाडे पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको हरिवन नगरपालिका–५ घुर्काैली स्थित सियाराम महतोको खेतमा निर्माण गरिएको घरमा जुवातास खेलिरहेका आठ जुवाडे पक्राउ परेका छन ।
तास खेली रहेको विशेष सूचनाको आधारमा पुगेको इलाका प्रहरी कार्यालय हरिवनको टोलीले आठ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका ६ का अन्दाजी ३४ वर्षीय अशोक कुमार राई, हरिवन नगरपालिका–६ कै अन्दाजी ३९ वर्षका हर्कमान तामाङ, हरिवन नगरपालिका ५ का अन्दाजी ४५ वर्षका सियाराम महतो, हरिवन नगरपालिका ५ का अन्दाजी वर्ष ३८ का मोहन प्रसाद फुयाल,हरिवन नगरपालिका ६ का अन्दाजी वर्ष २६ का साजन कुमार मोक्तान, हरिवन नगरपालिका ७ का अन्दाजी वर्ष ५० का निर्मल कुमार घिसिङ, हरिवन नगरपाकिला ६ का अन्दाजी वर्ष ३५ का श्रवण कुमार सिंह र जिल्ला लालबन्दी नगरपालिका ७ का अन्दाजी वर्ष ५२ का श्रीनारायण साह रहेकोे इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।
उनिहरु खेलिरहेको स्थानबाट नगद रु ३८ हजार चार सय १० र भारतीय रुपैयाँ तीन हजारका साथै मेघा बैक नेपाल लिमिटेडको पाँच थान चेक र नखोलेको नौ बुक र उनीहरूले खेलिरहेको तास बरामद भएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।