आज्ञा खबर
सर्लाही
सर्लाहीको बलरा नगरपालिका–४ सिथत अख्तर हुसेनको गोठमा रहेको घरमा सहारा ग्यासको सिलिन्डर विस्फोट हुँदा एकतले घरको ६ कोठामा क्षति पुगेको छ ।
घरमा खाना पकाउने क्रममा सिलिन्डर पड्किँदा क्षति भएको सर्लाही प्रहरीले जनाएको छ । सिलिन्डरमा आगो लागेपछि घरका सबै परिवार घरभन्दा बाहिर भागेकाले मानवीय क्षति हुनबाट जोगिएको छ ।
ग्यास सिलिन्डर पड्किँदा घरसहित घरमा रहेका खाद्यान्न सामग्री, लत्ताकपडा र फर्निचरसमेत क्षति पुगेको प्रहरीले जनाएको छ ।