उपेन्द्र यादवलाई छेक्न पुगेका जनमतका कार्यकर्तामाथि प्रहरीको बल प्रयोगमधेसका शिक्षा तथा संस्कृति मन्त्री यादव लगायतका घाईते

आज्ञा खबर
सप्तरी
सप्तरीको राजविराजस्थित मधेस कृषि विश्वविद्यालय भवनको शिलान्यासमा जनमतको अवरोधका बिच समेत प्रहरीको बल प्रयोग गरेर जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वविद्यालय भवनको शिलान्यास गरेका छन् । उपेन्द्र यादवलाई रोक्न पुगेका जनमत पार्टीका मन्त्री र नेताहरू घाइते भएका छन् ।

 

प्रदर्शनको क्रममा प्रहरीले लाठीचार्ज गर्दा मधेसका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादवलगायतका नेता–कार्यकर्ता घाइते भएका हुन् । मन्त्री यादवको टाउको फुटेको छ भने जनमतका प्रदेश सांसदहरू सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएको जनमतका केन्द्रीय सचिव बीपी साहले जानकारी दिए ।

 

शिलान्यास स्थलमा जसपा अध्यक्ष यादवलाई लग्ने बेलामै जनमतका मन्त्री र सांसदहरूमाथि प्रहरीले बल प्रयोग गरेको थियो ।

विश्वविद्यालयका सहकूलपति समेत रहेका मन्त्री महेशप्रसाद यादवले भवन शिलान्यास अवैधानिक रहेको दाबी गरे । प्रहरीको घेराभित्र गरिएको शिलान्यास अमान्य रहेको भन्दै सर्वदलीय बैठक बसेर पुनः शिलान्यासका गरीने बताए ।

जनमत पार्टीले पारेको योजनामा उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएको भन्दै सीके राउत र जनमतका नेता–कार्यकर्ताले सुरूदेखि नै विरोध गर्दै आएका छन् ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...