उपेन्द्र यादवलाई छेक्न पुगेका जनमतका कार्यकर्तामाथि प्रहरीको बल प्रयोगमधेसका शिक्षा तथा संस्कृति मन्त्री यादव लगायतका घाईते

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी
सप्तरीको राजविराजस्थित मधेस कृषि विश्वविद्यालय भवनको शिलान्यासमा जनमतको अवरोधका बिच समेत प्रहरीको बल प्रयोग गरेर जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री सरोजकुमार यादवले विश्वविद्यालय भवनको शिलान्यास गरेका छन् । उपेन्द्र यादवलाई रोक्न पुगेका जनमत पार्टीका मन्त्री र नेताहरू घाइते भएका छन् ।

 

प्रदर्शनको क्रममा प्रहरीले लाठीचार्ज गर्दा मधेसका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादवलगायतका नेता–कार्यकर्ता घाइते भएका हुन् । मन्त्री यादवको टाउको फुटेको छ भने जनमतका प्रदेश सांसदहरू सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएको जनमतका केन्द्रीय सचिव बीपी साहले जानकारी दिए ।

 

शिलान्यास स्थलमा जसपा अध्यक्ष यादवलाई लग्ने बेलामै जनमतका मन्त्री र सांसदहरूमाथि प्रहरीले बल प्रयोग गरेको थियो ।

विश्वविद्यालयका सहकूलपति समेत रहेका मन्त्री महेशप्रसाद यादवले भवन शिलान्यास अवैधानिक रहेको दाबी गरे । प्रहरीको घेराभित्र गरिएको शिलान्यास अमान्य रहेको भन्दै सर्वदलीय बैठक बसेर पुनः शिलान्यासका गरीने बताए ।

जनमत पार्टीले पारेको योजनामा उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएको भन्दै सीके राउत र जनमतका नेता–कार्यकर्ताले सुरूदेखि नै विरोध गर्दै आएका छन् ।