प्राणप्रतिष्ठाको खुसीयालीमा दीपोत्सवको तयारी

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
भारतको अयोध्यामा आज रामको प्राण प्रतिष्ठो खुसीयालीमा
जनकपुरस्थित जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गर्ने तयारी गरिएको छ । जानकी मन्दिर व्यवस्थापन पक्ष र हिन्दुवादी सङ्गठनले साँझ सवा लाख दीप बालेर दीपोत्सव मनाउने तयारी गरेको हो ।

हिन्दु धर्मावलम्बीले मधेश प्रदेशका आठवटै जिल्ला र छिमेकीमुलुक भारतको विहार राज्यका विभिन्न ठाउँमा प्राण प्रतिष्ठाको अवसर पारेर मठ मन्दिर आकर्षक ढङ्गले सजाइएको छ । ठाउँ–ठाउँमा जय श्रीरामको झन्डा लगाइएका कारण यस भेगका गाउँटोल सुन्दर तथा मनमोहक देखिएको छ ।

 

मठ मन्दिरमा रामधुन, अष्टयाम, भजनकीर्तन समेत आयोजना भइरहेको छ । सोमबार बेलुकी घर–घरमा दीपावली गर्न विश्व हिन्दु परिषद् नेपालले आह्वान गरेको छ ।

भगवान् राम पाँचसय वर्षपछि आफ्नो घरमा स्थापित हुन गइरहेकोमा सनातन धर्मावलम्बी हर्षित भएका छन् । अयोध्या र नेपालबिच धार्मिक तथा सांस्कृतिकसँगै पारिवारिक सम्बन्ध भएकाले रामको प्राण प्रतिष्ठाको अवसरमा दीप प्रज्वलन गरी स्वागत गर्ने तयारी गरिएको छ ।