वीरगञ्जमा मोटरसाइकल दुर्घटना : एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
पर्साको वीरगञ्जमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नेशनल मेडिकल कलेज वीरगञ्जमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत दुई विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाका सुमित यादव र बाराको सुवर्णपुरका सञ्चित यादव छन् ।
वीरगञ्ज महानगरपालिका १५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटनामा उनी दुवै विद्यार्थीको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए ।

मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । मोटरसाइकल सडकबाट तल झाडीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।