विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रले ५ करोडभन्दा वढिको राजश्व संकलन गर्याे

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रले चालु आर्थिक बर्षको ६ महिनामा बिद्युत चुहावट, नयाँ लाईन जडान र बिद्युत महसुल तिर्न आलटाल गर्ने ग्राहकको लाईन काटेर ५ करोड् भन्दा वढि राजश्व संकलन गरेको छ । केन्द्रल चालु आर्थिकबर्ष २०८०÷ ०८१ को ६ महिनाको अवधिमा ५ करोड २३ लाख २२ हजार ७ सय ६८ रुपैयाँ बराबरको राजश्व संकलन गरेको जनाएको छ ।

सो अवधिमा ग्राहकबाट २९७ किलो बाट विद्युत चुहावट भएको थियो । जसबाट २७ लाख ८४ हजार १ सय ७७ रुपैयाँ राजश्व संकलन गरिएको थियो । त्यस्तै ४ सय ८८ जना महसुल तिर्न आलटाल गर्ने सेवाग्राहीको लाईन काटिदा सो वापत ३ करोड ८१ लख १२ हजार ८ सय ७६ रुपैयाँ महसुल संकलन गरिएको हो । सोही क्रममा कार्यालयले ४ सय २४ जना सेवाग्राहीको लाईन जडान गरिएको थियो । जसवाट १ करोड १४ लाख २५ हजार ७ सय १५ रुपैयाँ राजश्व दाखिला भएको

नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रका कार्यालय प्रमुख जगन्नाथ झाले जानकारी दिए उनका अनुसार शाखाले. आफ्नो मातहतको क्षेत्रमा सेवाग्राहीलाई विद्युत चुहावट नगर्नका लागि वारम्बार सचेतना अभियान संचालन गरेको जनाएको छ ।