सर्लाहीमा बन्यो नयाँ कारागार भवन

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको मलंगवामा कारागारको नवनिर्मित भबन प्रयोगमा आउने भएको छ ।
सो कारागार भबनको उद्घाटन आईतबार उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेपछी प्रयोगमा आउने भएको हो ।

 

कारागार भवन उद्घाटन समारोहमा खानेपानीमन्त्री महेन्द्र राय यादव, सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, विभिन्न तहका सुरक्षा अधिकारीहरुको उपस्थिति थियो।

 

०६२÷०६३ को आन्दोलनताका माओवादीले सर्लाही कारागारमा आक्रमण गर्दा भवनमा क्षति पुगेको थियो। त्यसयता सर्लाही कारागारमा कैदीबन्दी राख्न छाडिएको थियो।

नयाँ भवन बनेकाले अब सर्लाहीका कैदीबन्दीलाई अन्यत्र लैजानुपर्ने बाध्यता घट्ने बताइएको छ।

माओवादीले सर्लाही कारागारमा आक्रमण गर्दा भवनमा क्षति पुगेपछी सर्लाहीका कैदीबन्दीलाई महोत्तरी, रौतहट, सिन्धुली, सुनसरी लगायतका कारागारमा लगेर राख्नुपर्ने बाध्यता छ।