दोश्रो मेयर खुल्ला पुरुष नकआउट भालिबल प्रतियोगितामा बिजलपुरा युथक्लब र झापा युथक्लब फाईनलमा

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका बिजलपुरा स्थित चल्कीमा जारी दोश्रो मेयर खुल्ला पुरुष नकआउट भालिबल प्रतियोगिताको बिहिवार भएको क्वाटर फाईनल खेलमा के.भि.सि.क्लब धनुषाले बेस्ट आफ थ्री खेलको दुई खेलमा २–१ सेटले जित हासिल पारेको छ । त्यसैगरी झापा युथ क्लबले २–० सेट सहित १ खेलमा बिजयी भएको हो।
आज भएको क्वाटर फाईनल खेलमा के.भि.सि. क्लब धनुषासंग गण्डकीको नबलपुर र भापा युथ क्लबसंग सर्लाहीको बसहनिया बिच कडा प्रतिस्पर्धा भएको थियो

त्यसैगरी आजैको सेमिफाईनल खेलमा बिजलपुरा युथ क्लब ३–० को सेट तथा झापा युथ क्लब ३–१ सेटले जित हासिल गरेर फाईनलमा पुगेको खेल आयोजक समितीले जनाएको छ । सेमिफाईनल खेलमा झापा युथ क्लबसंग सस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी बर्दिवास र बिजलपुरा युथ क्लबसंग के.भि.सि. क्लब धनुषा बिच प्रतिस्पर्धा भएको थियो ।

बर्दिवास नगरपालिकाको बिजलपुरा स्थित चल्की खेल मैदानमा जारी भलिबल खेलमा २१ समुहको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता समुहले एक लाख एक हजार रुपियाँ र उपविजेतालाई ५१ हजार रुपियाँ पुरस्कार दिने ब्यवस्था मिलाईएको बर्दिवास नगर खेलकुद बिकास समितीका अध्यक्ष दिपेन्द्र शिबभक्तीले जानकारी दिए ।

भलिबल खेलमा उत्कृष्ट स्पाइकर ब्लकर, सेटर र सर्वरलाईसमेत जनही तीन हजार रुपियाँ प्रदान गरिने सो भलिबल सहकार्यका अध्यक्ष रबि दहालको भनाई छ।