मटिहानी नगरपालिकामा स्थायी बन्ध्याकरण शिविर संचालन

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरीको मटिहानीमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर शुरु भएको छ । सो शिबिरको उद्घाटन मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल तथा स्वास्थ्य कार्यालय महोत्तरीकी प्रमुख सुनीता गुप्ताले संयुक्त रुपमा गरेका छन् ।

स्वास्थ्य कार्यालय महोत्तरीको आयोजना तथा मटिहानी नगरपालिकाको समन्वय र सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा मटिहानी नगरपालिका स्थित सिमरदही स्वास्थ्य चौकीमा शिबिर संचालन भएको हो ।

शिविरमा महिलाको लागि मिनील्याप र पुरुषको लागि भ्यासेक्टोमी सेवा उपलब्ध गरिएको स्वास्थ्य कार्यालय महोत्तरी की प्रमुख सुनिता गुप्ताले जानकारी दिईन ।
शिविरको उद्घाटन कार्यक्रममा नगर उप–प्रमुख मंजु देवी साह, वडा नं.९ का वड़ा अध्यक्ष मदन चौधरी, स्वास्थ्य शाखा प्रमुख पवन कुमार मंडल, मटिहानी नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकी प्रमुखहरु,महिला स्वयम सेविका लगायत स्थानीयको उपस्थिति रहेको थियो ।