मधेश प्रदेशमा आज स्वाभिमान दिवस मनाइँदै

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
प्रदेशको नामाकरण र राजधानी तोकिएको सम्झनामा मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदैछ । २०७८ साल माघ ३ गते प्रदेशको नाम मधेश प्रदेश र जनकपुर राजधानी तोकिएको सम्झनामा मधेस सरकारले स्वभिमान दिवस मनाउन लागेको हो । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।

दिवसका अवसरमा मधेश सरकारले आज राजधानी जनकपुरधामस्थित महेन्द्र नारायाण निधि मिथिला संस्कृति केन्द्रमा औपचारिक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो एक वर्षे कार्यकालको कार्यविवरण सार्वजनिक गर्ने बताएका छन् ।

२ वर्ष अगाडी आजकै दिन बसेको प्रदेश सभा बैठकले दुई नम्बर प्रदेशको नाम ‘मधेश’ र राजधानी जनकपुरधाम पारित गरेको थियो ।