निकिता खनाल
बर्दिवास
बिगत केहि दिनदेखी तराई मधेशमा शितलहर पर्न थालेपछि चिसोका कारण मधेश लगायत महोत्तरीको जनजीवन कष्टकर हुन थालेको छ ।
चिसो र जाडो बढे पछी जिल्लाको बर्दिवास, गौशला, रामगोपालपुर, भंगहा ,जलेश्वर लगायतका स्थानमा घाम हराएसँगै बढेको शीतलहरका कारण दैनिकी कार्य गर्न सर्वसाधरणलाई असहज भएको छ ।
वर्षेनी तराईका जिल्लामा चिसोका कारण जनजीवन प्रभावित हुँदै आएको छ । शीतलहरका कारण बढेको जाडोले कठ्याङग्रिएर मानवदेखि पशु चौपाया समेत प्रभावित हुने गरेका छन् । अत्यधिक चिसोका कारण सबैभन्दा बढी बालबालिका, वृद्धबृद्धा ,सुत्केरी महिलालाई असर पर्ने देखिएको छ । शीतलहर र चिसो बढ्ने क्रम जारी रहेकोमा खेतबारीमा लगाइएका तरकारीलगाएतका अन्य बालीमा समेत कमि आउनेमा किसानहरु चिन्तित छन् ।
जिल्लाका प्रमुख व्यापारिक ठाउँका रुपमा चिनिने बर्दिवास , गौशला ,रामगोपालपुर, जलेश्वर लगायतका स्थानका बजारमा मानिसको चहलपहलमा समेत कमीआएको छ ।
शीतलहर र हुस्सुका समयमा सडकमा सवारी दुर्घटना हुनसक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले सवारीसाधन विस्तारै चलाउन र बिहान तथा दिउँसो सवारी चलाउँदा बत्ती बाल्न सुझाउँदै आएको जनाएको छ । महोत्तरीमा शितलहर तथा चिसोका कारण वर्षेनी सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन् । यसैगरी शीतलहरको प्रकोप बढ्दै गएपछी सोनमा गाउँपालिकाले नगरवासीलाई जोगाउन न्यानो फाइबर सिरक वितरण गरेको छ ।
गाउँपलिका कर्यालयले वडा नं. ४ खेस्राहा र वडा नं. ५ खैरबनीमा न्यानो फाइबर सिरक बितरन गरेको हो ।
सोनमा गाउँपालिकाले प्रत्येक वडामा लगभग ७०० थान न्यानो कपडाले बनेको फाइबर सिरक बितरन गर्ने लक्ष्य लिएको गा.पा अध्यक्ष विशेश्वर प्रसाद यादवले जानकारी दिए।
वडामा रहेको ज्येष्ठ नागरिक, दलित, अपाङ्ग तथा एकल महिला लगायत बिपन्न नागरिकलाई सिरक वितरण गरेको वडा नं. ४ का वडा अध्यक्ष मिठु रायले बताए।
फाइबर सिरक पालिकाको प्रत्येक वडामा बितरन गरिने बताईएको छ ।