गौशालामा मोटरसाइकल दुर्घटनामा घाइते भएका ठाकुरको उपचारका क्रममा मृत्यु

[sharethis-inline-buttons]

निबिता खनाल
बर्दिवास
महोत्तरीको गौशालामा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका एकजनाको आइतबार उपचारको क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा गौशाला नगरपालिका–११ कालिपुरका ४५ वर्षीय शिवनाथ ठाकुर रहेका छन । यही पुस २७ गते गौशाला नगरपालिका–९ स्थित इमली बजारबाट डुमरबाना तर्फ जाँदै गरेको ज १२ प ६९२ नम्बरको मोटरसाइकल चलाइरहेको समयमा मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँदा उनी घाइते भएका थिए । घाईते ठाकुरको शुभ स्वास्तिक अस्पताल बर्दिबासमा सामान्य उपचारपश्चात थप उपचारका लागी काठमाडौंको टिचिङ अस्पतालमा पठाइएको थियो तर त्याहापनी उनको उपचार सम्भब नभएपछी थप उपचारका लागि भारतर्फ लैजाँदै क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना ग्रस्त मोटरसाइकल ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरीमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलिपकुमार गिरीले जानकारी दिए।