धनवीर महतो
गौशाला
गौशाला नगर क्षेत्रमा वृद्धाश्रमको अति आवश्यक रहेकोले सो कार्यमा जुटनका लागि स्थानिय जनप्रतिनिधीलाई महोत्तरी क्षेत्र नं १ का प्रतिनिधीसभा सदस्य लक्ष्मी महतो कोईरीले आग्रह गरेको छ ।
आईतबार गौशाला नगरपालिका वडा नं. ३ ले आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद कोईरीले यहाँ वृद्धाश्रमको आवश्यक्ता रहेकोले नगरस्तरीय योजनामार्फत सो पूर्वाधार तयार गर्नका लागि अनुरोध गरेको छ । जीवनको उत्तराद्र्धक्षणमा सन्तानले रेखदेख नगर्दा अप्ठयारो जीवनयापन विताउन बाध्य रहेकोलाई एकीकृत वासस्थानको रुपमा रहेको वृद्धाश्रम गौशालामा अनिवार्य रहेको धारणा राखेका छन् ।
वुढेसकालमा छोरीछोरीले हेला गर्ने वयोवृद्धको वाँकी जीवनलाई फलदायी बनाउनुको स्याहार सुहार एवम् संरक्षणको लागि यहाँ वृद्धाश्रमको आवश्यकता रहेकोले सो कार्यमा जुटन महतोले आग्रह गरेका छन् ।
नगरले वृद्धाश्रम नबनाए आफुले अगामी आर्थिक बर्षको संसदीय विकास योजनामा पहिलो प्राथमिकतामा गौशालामा वृद्धाश्रम निर्माणका लागि वजेट छुटयाउने साँसद कोईरीले प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रमकाबीच गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोले समाजिकद्धन्द्धको समाधान समाजबाटै अन्त्य हुने धारणा राखेका छन् । डा महतोले यस्ता द्धन्द्धलाई अन्त्य पार्नका लागि समाजिक कार्यमा तत्लिन हुनुपर्ने आवश्यकताप्रति जोड दिएका छन् ।
नगरभरिका ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य वीमा बनाउने अभियान संचालनमा रहेकोले त्यसको फाईदा उठाउनका लागि ज्येष्ठ नागरिकलाई मेयर महतोले अपिल गरेका छन् ।
सम्मान गर्ने परिपाटीले पुण्य प्राप्ति हुने भएकोले यस शुभकार्यको थालिनी अन्य वडाले पनि आत्मसात गर्दै अगाडि बढाउनुपर्नेमा प्रमुख प्रशासकीय अधिकृत शम्भु ठाकुरले जोड दिएका छन् ।
आफ्नो दोस्रो बर्षको दोस्रो कार्यकालमा आईपुग्दा बर्षेणी ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई निरन्तरता दिदै आएको वडा नं. ३ का वडाअध्यक्ष वीरेन्द्र चौधरीले बताएका छन् ।
उनले अगामी वार्षिक कार्ययोजनामा आफुले जसरी पनि नगरमा वृद्धाश्रम निर्माणका लागि पहल गरिने धारणा राखेका छन् । उनले पचायन पोखरीको अधुरो कार्य पुरा गर्नु्को लागि वजेटको अभाव रहेकोले सो पुर्ति गरिदिनका लागि सरोकारवाला निकायसमक्ष अनुरोध गरेका छन् । ४० प्रतिशत कार्यलाई सम्पन्न गरेर पचायनलाई आन्तरिक पर्यटनको गन्तव्यस्थलको रुपमा परिणत गर्नका लागि आग्रह गरेका छ ।
वडाभरिका ज्येष्ठ नागरिक, एकल महिला, आपगं लगायत ३ सय जनालाई न्यानो कपडा वितरण गरिएको वडासचिव सुदिप दहालले जानकारी दिए ।