निकेश खनाल
बर्दिवास
महोतरीको सम्सी गाउँपालिकाका वडा अध्यक्षहरुले आइतबार गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । गाउँपालिकाका प्रमुख रामनाथ यादव तथा प्रमुख प्रशासकिय अधिकृत गणेश चन्द्र मिश्र मिलेर मनोमानि गरेको भन्दै पालिका भित्रका ५ जना वडा अध्यक्षहरुले पालिकाको कार्यालयमा तालाबन्दी गरेका हुँन् । वडा अध्यक्षहरुले आज विज्ञप्ति जारी गर्दै
कार्यपालिका बैठककालागि पत्राचार गरेपनि बैठक बस्न नसकेको, गाउँ सभा विशेष शभाको रातो किताब सार्वजनिक गर्नुपर्ने, आर्थिक वर्ष ०७९÷८० र ०८०÷८१ को खर्च विवरण सार्वजनिक गर्नु पर्ने, कार्यपालिका बैठक यथाशिघ्र बोलाउनुपर्ने, गाउँपालिकामा कार्यरत ज्यालादारीका कर्मचारीको विवरण सार्वजनिक गर्नुपर्ने र प्रमुख प्रशासकिय अधिकृतको तत्काल सरुवा गर्नु पर्ने लगायतका माग राख्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुँन्।
उनिहरुले पालिकामा प्रमुख प्रशासकिय अधिकृत मिश्र लामो समय देखि उपस्थित नहुँदा योजनाहरु कार्यान्वयन हुन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालय महोतरीको समेत ध्यानआकर्षण गराएका छन्।