जनकपुरधाममा बैंक विरुद्ध उद्योगी व्यापारीको विरोध प्रदर्शन

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
जनकपुरधाममा बैंक विरुद्ध उद्योगी व्यापारीले विरोध प्रदर्शन गरेका छन्।

पीडित उद्योगी व्यवसायी संघर्ष समितिले विभिन्न माग राख्दै आइतवार जनकपुरधाममा बैंकहरू बैंकको चर्को ब्याजविरुद्ध प्रदर्शन गरेको हो। जनकपुरधामको जनकचोकबाट पीडित उद्योगी व्यवसायी संघर्ष समितिले निकालेको ¥याली राष्ट्र बैंकअगाडि पुगेर धर्नामा परिणत भएको थियो।

बैंकहरूको चर्को ब्याजदरविरुद्ध आफूहरू आन्दोलनमा उत्रिनु परेको उद्योगी व्यवसायीले बताए। धर्नामा बोल्दै संघर्ष समितिका संयोजक सुधीर पञ्जियारले नेपालीहरूलाई नेपालमै ब्यवसाय गरेर खान पाउनुपर्ने वातावरण बनाइदिन बैंकहरूसँग आग्रह गरे।

व्यापारीहरूले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पु¥याएकोमा आपती जनाउदै पनि चुप लागेर बस्नुपर्ने काम बैंकर्स र वित्तीय संस्थाहरू सामन्ती बनिरहेको आरोप समेत उनले लगाए। उनले बैंकको ब्याजदर १० प्रतिशतभन्दा कम हुनुपर्ने, ब्याज बुझाउन थप समय दिनुपर्ने, ब्याज नबुझाएसम्मका लागि डाक लिलाम नराख्नुका साथै कालोसूचीमा नराख्न माग गरे।

उनले उद्योगी व्यापारीका माग सम्बोधन नभए आगामी दिनमा सशक्त आन्दोलन गर्ने समेत जनाए ।