निकेश खनाल
बर्दिवास
विगत केही दिनदेखि तराई मधेस लगायत महोत्तरीमा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ ।
शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा मजदुर वर्ग बढी मात्रामा प्रभावित बनेका छन् । चिसोका कारण दम तथा रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । उपचारका लागि स्वास्थ्य संस्था आउनेको सङ्ख्यामा समेत वृद्धि भएको चिकित्सकहरुले बताएका छन्।
चिसो बढेपछी धेरैजसो विद्यालयमा जाडो बिदा दिइएको छ ।
शीतलहरसँगै चिसो हावाको कारणले जाडो अत्यधिक मात्रामा बढेसँगै महोत्तरीको प्रमुख बजार र ग्रामीण भेगमा मानिसको चहलपहल घटेको छ ।
यसैगरी चिसोबाट नागरिकलाई जोगाउन औरही नगरपालिकाले नगरक्षेत्र भित्रका मुख्य चोहरुमा दाउरा वितरण शुरु गरेको छ ।
दिनप्रतिदिन बढदै गईरहेको चिसो र शितलहरका कारण नागरिकको जनजिबन कष्टकर बन्दैगएको भन्दै नगरमा दाउरा वितरण गरीएको औरही नगरपालिकाका नगर प्रमुख प्रदिप कुमार खड्काले बताए ।
उनले चिसो र शितलहर अझ केहि दिनसम्म पनी रहिरहे ग्रामिण भेगका बिपन्न नागरिकको घर,घरमै नगरले दाउरा बितरण गर्ने लक्ष्य लिएको जनाए ।
औरहीका बिपन्न नागरिकलाई चिसोबाट जोगाउन केहिदिन अघिमात्रै नगरपालिकाले १ हजार फईबस सिरक बितरण गरीसकेको जनाएको छ ।