आज्ञा खबरधनुषा
जनकपुरधाम उपमहानगरले उपमहानगरभित्रका सम्पूर्ण विद्यालय बन्द गर्ने भएको छ।
विगत केही दिनदेखि शुरु भएको शीतलहरका कारणले स–साना विद्यार्थी प्रभावित हुन थालेको भन्दै
उपमहानगरले बिहीबार सार्वजनिक गरेको सूचनामा पुस २९ गतेदेखि माघ ९ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा जाडो बिदा दिने निर्णय गरिएको हो।
अहिले दिएको जाडो बिदा वर्षे बिदाबाट कट्टा हुने गरी मिलाईएको प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीद्वारा जारी सूचनामा उल्लेख छ।
विगत एक सातादेखि बिहानदेखि चिसो हावासँगै शीतलहर चलेका कारणले जनजीवन नराम्ररी प्रभावित बनेको छ।