नगर पत्रकार सञ्जाल बर्दिवासले महिला पत्रकार उमा सिंहको १५ औ स्मृति दिवस मनायो

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
नगर पत्रकार सञ्जाल बर्दिवासले महिला पत्रकार उमा सिंहको
१५ औ स्मृति दिवस आज मनाएको छ ।
सहिद सिंहको १५ औं स्मृति दिवसको अवसरमा नगर पत्रकार सञ्जाल बर्दिवासले सिंहको फोटोमा माल्यार्पणगरी मनाएको हो ।

नगर पत्रकार सञ्जाल बर्दिवासको कार्यालयमा भएको माल्यार्पण कार्यक्रममा नगरका बिभिन्न मिडियामा कार्यरत पत्रकारको उपस्थित रहेको थियो ।

वि.स. २०६५ पुस २७ गते आजकै राति जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहलाई जनकपुर नगरपालिका १४ रजौल स्थित डेरामा बसेको बेला अज्ञात समुहले धारिलो हतियार प्रहार गरि निर्ममतापूर्वक हत्या गरेका थिए ।

पत्रकार सिंहका मुख्य हत्यारा स्वामी भनिने उमेश यादव लगायत केहिलाई धनुषा जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय आदेश भई महोत्तरीको जलेश्वर कारागारमा छन् । घट्नामा संलग्न अन्य केहि अझै कानुनी दायरमा आउन सकेका छैनन् ।