मधेश प्रदेश सरकारले स्वाभिमान दिवस तथा बलिदानी दिवस मनाउने

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
मधेश प्रदेश सरकारले माघ ३ गते स्वाभिमान दिवस तथा माघ ५ गते बलिदानी दिवस मनाउने भएको छ ।
बिहीबार बसेको मन्त्री परिषदको बैठकले सो दुई दिवस मानाउने निषर्णय गरेको हो ।

३ माघ २०७८ मा गतेकै दिन तत्कालिन ‘प्रदेश नं. २’ को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको थियो । त्यस दिनलाई स्वाभिमान दिवसको रुपमा मानउने निर्णय भएको मधेश सरकारका प्रवक्ता समेत रहेका गृह संचार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए ।

त्यस्तै माघ ५ गते मधेश सरकारले बलिदानी दिवस मनाउने र त्यस अवसरमा मधेश आन्दोलनका सहित परिवार र घाइतेलाई आर्थिक सहयोग गर्ने निर्णय भएको मन्त्री समिमले बताए ।