आज्ञा खबर
सिरहा
लगातार एकसातदेखि चलेको शितलहरका कारण सिरहालगाएत तराइको जनवीवन प्रभावित भएको छ । जाडोबाट जनजीवन कष्टकर बन्दै गएपछि गोलबजार नगरपालिकाले सर्वधारणका लागि सार्वजनिक स्थलहरुमा बिहिवार दाउरा वितरण गरेको छ ।
गोलबजारनगर क्षेत्रमा दाउरा वितरण गरेपछि स्थानीयले राहत महसुस गरेका छन् । नगरपालिकाले बस विसौनी, तथा मानिसको चहलपलहुने स्थानहरुमा दाउरा वितरणगरी आगो बालेको प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले जनाएका छन । गोलबजारको विभिन्न ठाउ, चोहर्वा, बस विसौनी र मानिसको आवतजावत बढीहुने स्थानमा दाउरा बालेको नगर प्रमुख श्याम कुमार श्रेष्ठले बताए ।
नगरप्रमुख श्रेष्ठले जाडो अत्यधिक भएकोले कामविशेषले बजारसम्म आउने सर्वसाधारण तथा यात्रीहरुको लागि आगोको व्यवस्था गरिएको जनाए । दाउरा आवशयकताअनुसार अझै वितरण गरिने प्रमुख श्रेष्ठले बताए ।
विगत एकसातादेखि लागेको कुहिरोसँगै झरेको तुसारो तथा चिसो हावाले अत्यधिक जाडो बढेको छ । चिसोका कारण बालबालिका, वृद्ध तथा पशुबढी प्रभावित भएको छ ।
जाडो बढेसँगै दैवि प्रकोप उद्धारसमिति सिरहाले जिल्लाका सवै पालिकाहरुलाई आवश्यक दाउरा वितरण गर्न तथा गरिव, असहाय तथा वृद्ध विद्धाहरुलाई कम्वल वितरण गर्न पनि पत्राचार गरिसको दैवि प्रकोप उद्धार समितिका सदस्य सचीव तथा सहायक प्रमुख जिल्ला अधिकारी नरेस कुमार यादवले जानकारी दिए ।