आज्ञा खबर धनुषा
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले मधेश प्रदेशका प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७९–८० को पाचौं वार्षिक प्रतिवेदन पेश गरेको छ।
बिहीबार आदिवासी जनजाति आयोगका अध्यक्ष बालानन्द पौडेलको नेतृत्वमा गएको टोलीले मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष प्रतिवेदन पेश गरेको हो।
नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम प्रदेश प्रमुखको निजी सचिवालयमा आयोजित एक समारोहबीच पौडेलले प्रतिवेदन प्रदेश प्रमुखको निजी सचिवालयमा प्रतिवेदन पेश गरेको निमित्त सचिव शत्रुधन यादवले बताए।