चिसो बढ्न थालेपछि सिराहाका विद्यालय धमाधम बन्द हुँदै

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
चिसो बढ्न थालेपछि सिराहाका सामुदायिक ,संस्थागत तथा धार्मिक विद्यालय धमाधम बन्द हुन थालेका छन् । शितलहर तथा चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै पालिकाहरूले विद्यालय बन्दको सूचना जारी गरेका हुन् ।

सिराहाको गोलबजार नगरपालिकाले सूचना जारी गर्दै ७ दिनको लागि विद्यालय बन्द रहने सूचना जारी गरेको छ । शिक्षा शाखा अधिकृत सुबोध कुमार लामाद्वारा जारी सूचनामा माघ २ गते मात्र विद्यालय खुल्ने उल्लेख गरेको छ ।

चिसोले विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै लक्ष्मीपुर पतारी गाउँपालिकाले पनि आजबाट लागु हुने गरी एक हप्ता जाडो बिदा दिएको छ । गाउँपालिकाका शिक्षा अधिकृत रामबालक पासमानले सूचना जारी गर्दै मंगलबारदेखि लागू हुने गरी आगामी २ माघसम्म जाडो बिदा दिइएको जनाएका छन् । त्यसैगरी नगरहा गाउँपालिकाले पनि विद्यालय जाडो बिदा दिएको छ ।