राष्ट्रियता र लोकतन्त्रलई संगै लैजान सकेमात्रै सम्मुनत राष्ट्रको परिकल्पना गर्न सकिने ः नेता गिरिराजमणी पोखरेल

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
नेकपा माओवादी केन्द्रका उपमहासचिब,पुर्व शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणी पोखरेलले एउटा कम्युनिष्टका नेता सधै कम्युनिष्ट बनेर रहिरहन नसक्ने पनी हुनसक्ने बताएका छन ।
बुधवार महोत्तरीको बर्दिवासमा आयोजित किसान आन्दोलनका अगुवा नेता जयगोबिन्द साहको ३४औ स्मृती कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

उनले माक्र्सवाद आफ्नो ब्यवहारबाट लागु गर्दै जिबनमा सिक्नुपर्नै भन्दै धर्यता, ईमान्दारीता जस्ता कुरा असल कम्युनिष्टमा अनिवार्य भएको जनाए ।

नेता पोखरेलले राष्ट्रियता र लोकतन्त्रलई संगै लैजान सकेमात्रै सम्मुनत राष्ट्रको परिकल्पना गर्न सकिने जिकिर गरे । पोखरेलले देशमा देखिएका बर्गिय द्वन्द समाधान गर्न सबै जातजातीमा एकताको आवश्यकता औल्याए । सबैनागरिकलाई समानताको प्रत्याभुती गराउन बिभिन्न किसिमको शोषण र उत्पिडनको अन्त्य गरीनुपर्नै भन्दै नि–बर्तमान मन्त्रीले मधेश प्रदेशको महोत्तरीलाई शिक्षाकै मुख्य केन्द्र बनाउने काम अगाडी बढाईएको ले यसको चाँडोनै परीणाम देखिने उल्लेख गरे ।