गौशालाका सामुदायिक विद्यालय माघ १ गतेसम्मका लागि बन्द

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
गौशाला नगरपालिका भित्रका सामुदायिक विद्यालय माघ १ गतेसम्मका लागि बन्द गरिएको छ । बिगत केहिदिनदेखी नगर क्षेत्रमा अत्याधिक चिसो बढेपछि नगरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको वैठकले माघ १ गतेसम्मका लागि विदा दिने निणर्य गरेको हो।
वैठकमा भएको निर्णय अनुसार पुस २९ गतेसम्म जाडो विदा दिईएको शिक्षा शाखाका सह संयोजक भरत सिंहले जानकारी दिए । माघ १ गते माघी पर्व भएकोले सो दिन सार्वजानिक विदा हुने गरेकाले साविक झै माघ २ गतेदेखि विद्यालय संचालनमा आउने बताईएको छ । नगरको शैक्षिक क्यालेण्डरअनुसार सो विदा मिलाईएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।