निकिता खनाल
बर्दिवास
राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशब निरौलाले लोकतन्त्रले हरेक नेपालीलाई आवासको ब्यवस्था मिलाएको बताएका छन । महोत्तरीको बर्दिवासमा सोमवार आयोजित भुमिहिन,दलित तथा सुकुम्वासीलाई जग्गाधनी प्रमाण पुर्जा बितरण गर्ने क्रममा उनले सो कुरा बताएका हुँन ।
उनले बर्दिवास नगरपालिकाका प्रमुख तथा नगरका सम्पुर्ण वडा अध्यक्ष लगायत सबैको प्रयासबाट बर्दिवासमा बसोवास गर्नेले मौलिक हक पाएको जनाए । अध्यक्ष निरौलाले संबिधान ऐन र कानुनमा ब्यवस्था भए अनुसारनै बर्दिवासको भुमिहिनको हातमा जग्गाधनि पुर्जा पुगेको उल्लेख गर्दै यस नगरको भौगोलिक नक्सामा रहेको त्रुटिका कारण पुर्जा बितरणमा ढिलाई भएको जानकारी दिए ।
उनले बिगतमा केहि जिम्मेवार मानिसले हचुवाको भरमा लालपुर्जा बाडेकाले नागरीकले दुःख पाएको जनाउदै अहिले भुमि ओयोगले प्रक्रिया पु–याएर मात्र पुर्जा बितरण गरेको उल्लेख गरे । लाल पुर्जा प्राप्त गरेका बर्दिवासका नागरिकलाई आफु आत्म सम्मानित भएको महसुस गराएकाले उनिहरुकालागी यो जस्तो ठुलो दिपावली अरु हुन नसक्ने निरौलाले जिकिर गरे । यसैगरी बर्दिवास नगरपालिका वडा नम्बर २ का भुमिहिन,दलित तथा सुकुम्वासी ५३ घर परीवारलाई नगरपालिकाले जग्गाधनी प्रमाण पुर्जा बितरण गरेको छ ।