बरहथवा घटनामा पीडित परिवार र प्रशासनबीच ११ बुंदे सहमति

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको बरहथवामा आन्दोलनकारी ,पीडित परिवार र प्रशासनबीच सहमति भएको छ।

अस्पताल स्तरोन्नति गर्नुपर्ने विषयमा भएको आन्दोलन फिर्ता लिन आइतबार ११ बुँदे सहमति भएको हो ।

बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्र मधेश सरकारलाई हस्तान्तरण गरी ५० शैय्याको बनाउने, त्यस अस्पतालको नाम प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको नामबाट नामकरण गर्ने, मृतक परिवारलाई रोजगारी दिने लगायतका विषयमा सहमति जुटेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।

सो सहमतीमा स्थानीय स्तरमा पूरा गर्न नसकिने मागलाई केन्द्रमा सिफारिस गर्ने गरी सहमति भएको प्रजिअ धमलाले बताए।

सर्लाहीको बरहथवामा आइतबार दिउँसो पनि स्थिती तनावग्रस्त भएपछि प्रशासन कार्यालयले बरहथवा नगर क्षेत्रमा सोमबार बिहान सम्मको लागि कर्फ्यू आदेश जारी गरेको छ।