दुर्घटनाका घाइतेलाई आर्थिक सहयोग

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिबास
दुर्घटनामा परेर घाइते भई आर्थिक समस्याका कारण उपचामा समस्या भएका युवकलाई तराई युवा समाज सेवा समितिले आर्थिक सहयोग गरेको छ।

महोत्तरीको रामगोपालपुरका रामप्रवेश राउतलाई समितिका युवाहरूले आर्थिक सहयोग गरेका हुँन।

केहीदिन अगाडि सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका उनको आर्थिक अवस्था कमजोर रहेकाले उनको उपचारका लागि शुक्रबार २० हजार सहयोग गरेको समितिका अध्यक्ष आनन्द कुमार शाहले जानकारी दिए।