चिसो बढेका कारण सोनमा गाउँपालिकाले जाडो विदा दियो

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
महोत्तरीको सोनमा गाउँपालिकाले जाडो विदा दिएको छ ।

गाउँपालिका भित्र संचालित सवै सामुदायिक, धार्मिक तथा संस्थागत विधालयमा आगामी वर्षे विदा बाट कट्टा हुने गरि सोमवारदेखी चार दिन जाडो बिदा दिएको हो ।
बिगत केहिदिनदेखी मौषममा आएको परिवर्तन संगै तराई मधेशमा बक्लो हुस्सु र शितलहरका कारण पालिकामा अत्यधिक चिसो बढेर बिद्यालयको पठनपाठनमा समस्या भईरहेको जनाउदै पौष २३ गतेदेखि पौष २६ गते सम्म विदा दिईएको सोनमा गाउँपालिकाका शिक्षा शाखा संयोजक राज कुमार साहले जानकारी दिए ।