आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद महोत्तरीको अध्यक्षमा धननारायण श्रेष्ठ चयन

निकिता खनाल
बर्दिवास
नेपाल आदिवासी जनजाती महासंघका केन्द्रिय उपाध्यक्ष युबराज जिरेलले आदिवासी जनजातीलाई उत्पादन तथा बजारीकरणसंग जोडन सकेमात्र जनजातीमा सम्बृद्धि आउने बताएका छन । महोत्तरीको बर्दिवासमा शनिवार आयोजित आदिवासी जनजाती महासंघको छैठो जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुँन । उनले आदिवासी जनजाती नेपालको धर्मपुत्र रहेको भन्दै आदिमकालदेखी बसोवास गर्दै आएको जनजातीको केहि अधिकार प्रजातन्त्र र लोकतन्त्रले ल्याएको प्रस्ट पारे ।

 

जिरेलले तिनथरी भुगोल मिलेर बनेको देशमा बिबिध भषा संस्कृती र पोशाक रहेको भन्दै एकले अर्काको अधिकार र धर्मको सम्मान गर्नुपर्ने जनाए । उपाध्यक्ष जिरेलले पृथ्बीनारायण शाहको दिब्य उपदेशको स्मरण गर्दै नेपाल बिबिध जातजातीको साझा फुलवारी भएको बताए ।
उनले नेपालका केहि शाशकहरुले जातमा भाषामा र अधिकारमा बिभेद गरेकै कारण जनजातीले आफ्नो अधिकार राज्यसंग खोज्नु परेको आवश्यकता औल्याए ।
आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद महोत्तरीको छैठो जिल्ला अधिवेशनले धननारायण श्रेष्ठको अध्यक्षतामा २९ सदस्य नयाँ जिल्ला कार्य समिती चयन गरेको छ ।
जस्को बरीष्ठ उपाध्यक्षमा हर्क बहादुर तामाङ्ग उपाध्यक्षमा रिना मंडल सचिबमा मनिष समाल कोषा अध्यक्षमा सम्झना राई सह सचिबमा समशेर माझी उप सचिबमा शान्ति सिंह लगायतका रहेका छन ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...