बर्दिवासका बिरामीलाई निशुल्क रगत उपलब्ध गराईने रेडक्रस अध्यक्ष रेवन्त कार्की (सुदिप) को भनाइ

[sharethis-inline-buttons]

निकेश खनाल
बर्दिवास
मनबता,निश्पक्षयता,तथस्टता,स्वतन्त्रता ,स्वयमसेवा, सर्वब्यापकता र एकता यि सात सिद्धान्त बोकेको रेडक्रसले बर्दिवासका स्थानिय बिरामीलाई निशुल्क रगत उपलब्ध गराईने नेपाल रेडक्रस सोसाईटी उप शाखा बर्दिवासका अध्यक्ष रेवन्त कार्की (सुदिप) ले बताएका छन । महोत्तरीको बर्दिवासमा शुक्रवार आज्ञा खबर डट कम अनलाईन पत्रिका तथा आज्ञा खबर युटुब च्यानल संग कुराकानी गर्ने क्रममा उनले सो काुरा बताएका हुँन । उनले मधेश प्रदेश ,कोशी प्रदेश र बाग्मती प्रदेशमा रेडक्रस उपशाखा बर्दिवासको ब्लड बैकमा संकलनगरीएको रगत पु–याई नागरिकको जिबन रक्षामा सहयोग पु–याएको जानकारी दिए । अध्यक्ष कार्कीले रेडक्रसले नगरिकका बिभिन्न बिपदमा साथ दिएको भन्दै आगमी दिनमा बर्दिवासबासीलाई नि – शुल्क शब बहान तथा सस्तो भाडामा एम्बुलेन्स सेवा उपलब्द गराउने योजना रहेको जानकारी दिए ।हेरौ कार्की संग गरीएको कुराकानी