मोबाइलबाट धम्की दिई रकम माग गर्ने पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
मोबाइलबाट फोन गरेर धम्की दिई लाखौँ रकम माग गरेको आरोपमा प्रहरीले एक जनालाई रौतहटबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको फतुवाविजयपुर नगरपालिका–८ निवासी ३४ वर्षीय भगवान् साह रहेको रौतहटखजिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एलिजा गिरीले जानकारी दिईन ।

जिल्लाकै एक व्यापारी लाई फोन गरेर ५० लाख रुपियाँ नदिए छोराछोरीलाई अपहरण गर्ने धम्की दिएको आरोपमा साह पक्राउ परेका हुन् । पीडितले दिएको गोप्य सूचनाको आधारमा साहलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका साहले ९८०१५७७५१० नम्बरको सिमबाट पटक÷पटक फोन गरी धम्की दिँदै आएको अनुसन्धानबाट खुलेको छ । सो सिम साहको नाममा रहेकोले उनी पक्राउ परेको बताईएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजतलास भइरहेको तथा सो बिषयमा अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।