गौर–चन्द्रनिगाहपुर जोडने बडहर्वा पुल नबनेको भन्दै स्थानीय प्रदर्शनमा

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
१३ वर्षदेखि गौर–चन्द्रनिगाहपुर जोडने बडहर्वा पुल नबनेको भन्दै स्थानीय प्रदर्शनमा उत्रिएका छन ।
अलपत्र पुल निर्माण हुनुपर्ने माग गरी स्थानीयले तीन दिनदेखि गौर–चन्द्रनिगाहपुर खण्ड ठप्प पार्दै विरोध प्रदर्शन गरेका हुँन। पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र मधेश प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रष्णप्रसाद यादवको निर्वाचन क्षेत्र रहेको

रौतहटको दुर्गा भगवती गापा–५ स्थित रौतहट–सर्लाही सीमाक्षेत्रमा पर्ने बागमती पुल निर्माणको काम सुरु गर्न माग राखी स्थानीयले प्रदर्शन गरेका हुन्।

२०६७ सालमा शिलान्यास भएको पुल १३ वर्ष बित्न लाग्दा सम्पन्न भएको छैन। उक्त पुल
तराईका जिल्ला सदरमुकामलाई जोड्ने महत्त्वाकांक्षी परियोजनाअन्तर्गत बागमती नदीमा शुरु गरिएको पुल पूरा नभएपछि प्रदेश सांसद नागेन्द्र साहसहितका स्थानीयले सडक अवरुद्ध पारेका हुन्।

पुल निर्माणकालागी प्रदर्शनकारीले टेन्टमै खाने बस्ने गरेको बताईएको छ ।
उनिहरुले पुल निर्माणको काम सुरु नभएसम्म सडक अबरुद्ध गर्न नछोडने बताएका छन् ।
पुलको शुरुमा लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले ३५ करोड ८९ लाख ९ हजार ४३३ रुपैयाँमा ठेक्का सकारेको थियो। २०७० जेठ ३० गते पुलको निर्माण काम सम्पन्न गर्ने २०६७ जेठ ३१ गते सम्झौता ग¥यो। सम्झौतापछि तत्कालीन प्रधानमन्त्री नेपालले शिलान्यास गरेका थिए।

पुलको लम्बाइ ६३४ मिटर र चौडाइ डबल लेन्थको छ। पुलमा १७ स्पानसहितको सम्झौता भएको थियो। ठेकेदारले १७ वटै स्पानको काम सकेको छ। त्यसै वेला नदी सर्लाहीतिरबाट बग्न थालेपछि पुलको औचित्य नरहने भन्दै हुलाकी राजमार्ग निर्देशनालयले तत्कालै काम बन्द गरेको थियो।

त्यसपछि ठेकेदारले काम गर्न मानेन र निर्देशनालयले ठेक्का तोडेर दोस्रोपटक ठेक्का आह्वान गर्दा २२४१ मिटर लम्बाइ नदी नियन्त्रणको कामसहित महालक्ष्मी, विकास, वाईपी जेभीले ५७ करोड ४० लाख ७७ हजार ५०१ रुपैयाँमा ठेक्का सकारेको हो। ठेकेदारले २०८१ कात्तिक १० गते काम सम्पन्न गर्ने गरी २०७९ वैशाख ११ गते सम्झौता गरेको थियो। अघिल्लो ठेकेदारले पुलको पिलरको काम सकेको छ। सुपर स्ट्रक्चरको काम बाँकी छ।