आज्ञा खबर
सर्लाही
स्थानीय राजनीतिक दलको भागबण्डाको आधारमा सर्लाहीको हरिवनमा रहेको चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरीको सञ्चाक समितीको
अध्यक्षमा नेपाली कांग्रेसका रामशरण उप्रेती चयन भएका छन्।
त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका ताराराज पन्त (अर्जुन) र कोषाध्यक्ष एमालेका बिदुरकुमार प्याकुरेल चयन भएका छन्। उप्रेती र पन्त सम्बन्धित पार्टीका हरिवन नगर समिति अध्यक्ष हुन् भने प्याकुरेल एमाले सर्लाही जिल्ला कमिटीका उपाध्यक्ष हुन्।
समितिका अन्य सदस्यमा पशुपतिकुमार कार्की, युवराज लुइँटेल, लालचन्द्र उप्रेती, रामप्रसाद घिमिरे, टेकबहादुर बोगटी, डोरप्रसाद भट्टराई र दुर्गाप्रसाद उप्रेती चयन भएका छन्।
क्याम्पस सन्चालक समिति १९ सदस्य हुने व्यवस्था विधानमा छ। जसमध्ये बाँकी नौ जना मनोनित गर्न बाँकी रहेको क्याम्पस प्रमुख गंगा भुजेलले जानकारी दिए।
क्याम्पसको नेतृत्वका लागि स्थानीय राजनीतिक दलका नेताबीच लामो सयमसम्म रस्साकस्सी चले पछि भागबण्डाको आधारमा सञ्चालक समिति चयन भएको एक नेताले जानकारी दिए।
‘सबै क्षेत्रलाई समेटेर, आजीवन सदस्यहरुमध्येबाट सन्चालक समिति चयन गर्ने व्यवस्थाअनुसारे १० सदस्यीय समिति चयन गरीएको क्याम्पसले जनाएको छ।