औरहीलाई कृषि पालिकाको रुपमा बिकास गरिने ः मेयर खडका

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरीको औरही नगरपालिकालाई कृषि पालिकाको रुपमा बिकास गर्नेगरी तयारी थालिएको छ।
नगरभित्रका अधिंकाश नागरिक कृषि पेशामा आश्रित रहेकाले सो नगरपालिकालाई २०८२ सालभित्र मधेश प्रदेशकै नमुना कृषि पालिकाको रुपमा परिचित गराईने लक्ष्य लिएको औरही नगरपालिका प्रमुख प्रदिपकुमार खडकाले बताए । उनले नगरमा सिचाई गर्न १ हजार थान स्यालो टयुवल किसानको खेतमा जडान गरिने लक्ष्य रहेको जानकारी दिए । प्रमुख खड्काले आफ्नो यो अबधिको कार्यकालमा करिब ७ सयको हाराहारीमा सो टयु्वेल किसानको खेतमा जडान भईसकेकोले अव वाँकी रहेको टयुवेलहरु यस आर्थिक बर्षभित्रमा जडान हुने उनको भनाई छ ।

नगरका हरेक किसानको खेतमा विद्युतीकरण भईसकेकाले सिंचाईको अभावमा किसानलाई चिन्ति हुँनु नपर्ने उनको भनाई छ । नगरलाई कृषिमैत्री पालिका बनाउनका लागि यहाँका कर्मचारी र जनप्रतिनिधी पुर्णरुपमा प्रतिवद्ध भई निरन्तर रुपमा कामगर्दै आएको मेयर खडकाले जानकारी दिए ।
नगर प्रमुख खड्काले नगरभित्र उत्पादनलाई सबल बनाउदै वजारीकरणलाई विस्तार गरी आवश्यक स्थानमा कृषि वजारको स्थापना गरिने कुरामा जोडदिने बताए । सो लक्ष्य पुरा गर्न विक्रीकक्षको समेत व्यवस्था गरीने उनले जनाए ।