बर्दिवास अस्पतालको परिसर भित्र साझा फार्मेसी (औषधि पसल) सञ्चालनमा

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
महोत्तरीको बर्दिवास स्थित सरकारी अस्पताल बर्दिवास अस्पतालको परिसर भित्र साझा फार्मेसी (औषधि पसल) सञ्चालनमा आएको छ । सरकारको ६० प्रतिशत स्वामित्व रहेको सो औषधि पसलकोे उद्यधाटन सोमवार बर्दिवास नगरपालिकाका प्रमुख प्रलाद कुमार क्षेत्रीले गरेका छन् । बर्दिवास अस्पतालमा उपचारकालागी आउने प्रत्यक मिरामीलाई सर्व सुलभ रुपमा गुणस्तरीय औषधि बिक्रि गर्ने उदेश्यले सहकारीे औषधि पसल सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष हिम बहादुर क्षेत्रीले बताए ।

सहकारीले खरीद गरेको औषधिको मुल्यमा सहुलियतको रकमको मुल्य नजोडी १४ प्रतिशत रकम मात्र थप गर्नेगरी सस्तो मुल्यमा गुणस्तरीय औषधि बिरामीलाई बिक्रि गरीने उनको भनाई रहेको छ ।
त्यसैगरी फार्मेसीले बिरामीलाई २४ घंटै औषधि उपलब्ध गराउने छ ।
यो फार्मेसीले बर्दिवास अस्पताललाई समेत सहयोग गर्ने बताईएको छ । साझा फार्मेसी (औषधि पसल) देशका २९ स्थानमा सञ्चालनमा रहेका छन् ।