आज्ञा खबर
बर्दिवास
बर्दिवास नगरपालिकाका प्रमुख प्रलाद कुमार क्षेत्रीले सामुहिक सहयोगले मात्र बिकासले गतिलिने बताएका छन ।
महोत्तरीको बर्दिवामा आईतवार आयोजित कृषि सहकारी संघ लिमिटेड,महोत्तरीको १६औं बार्षिक साधारण सभामालाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुँन ।
उनले बर्दिवासको शिक्षा, स्वास्थ्य कृषि, भौतिक पुर्वाधार लगायत बिकासका सबै अंगहरुलाई एकसाथ अघि बढाईएको बताए ।
प्रमुख क्षेत्रीले काम गर्न बजेट भन्दापनी योजना र लगनशिलता प्रमुख भएको भन्दै प्राथमिकताको आधारमा परेको काम अघि बढाउँदै नगरको बिकास गर्न खोजेको उल्लेख गरे । नगर प्रमुखले अहिले तिनै तहको सरकारले कृषि क्षेत्रमा ठुलो अनुदान दिएपनी आवश्यकता अनुसार परीणाम दिन नसकेकोमा चिन्ता ब्यक्त गर्दे बर्दिवासमा आधुनिक किसिमले कृषि र पशु पालनको बिकासकालागि बिज्ञ संग छलफल गरी कार्यान्वयन गरीने जनाए ।
कृषिमा मलखादको समस्याको अन्त्य भईसकेको भन्दै कृषिलाई यसै बर्ष देखी बिद्युतिकरण गरी उत्पादनमा जोड दिईने क्षेत्रीले उल्लेख गरे ।
यसैगरी सहकारी क्षेत्रमा क्रियाशील सहकारी अभियान्ताहरुको पहलमा २०६४ साल चैत्र १२ गते ७ वटा प्रारम्भिक कृषि सहकारी संस्था मिलेर डिविजन सहकारी कार्यालय जनकपुरमा दर्ता भै कृषि सहकारी संस्थाहरुको छाता संगठनको रुपमा कृषि सहकारी संघ लिमिटेड,महोत्तरीले आफनो यात्रा प्रारम्भ गरेको हो ।
यस कृषि सहकारी संघले लामो समय सम्म निष्कृय रहेको सहकारीलाई पुनर जीवितगरी जीवन्त बनाउन क्रियाशिल रहेको छ ।
संघले गरिवीको रेखामुनी रहेका जनतालाई ज्ञान,सीप,प्रविधि र पूंजी उपलब्ध गराई उनीहरुलाई व्यावसायमा आकर्षित गर्ने गरी काम गरीरहेको संस्थाकि अध्यक्ष सारदा दहालले बताईन ।
उनका अनुसार जिल्लामा रहेका सबै प्रारम्भिक कृषि सहकारी संस्थाहरुलाई यो संघको सदस्य बनाईने संघले लक्ष्य लिएको छ ।
कृषकले उत्पादन गरेका बस्तुलाई विक्रिगर्न र सहकारी बजारको स्थापनागर्न राज्यका सबै निकायमा पहल गरिने संघले लक्ष्य लिएको छ ।
कृषकको जल्दो बल्दो समस्याको रुपमा रहेको मल,विउ र कृषि सामाग्रिलाई सहज रुपमा उपलब्द गराउन राज्यका निकायमा पहल गरिने संघको उदेश्य रहेको बताईएको छ ।