संसदिय पुर्वाधार बिकास कोषको रकमबाट नभएपनी पारीवारीक ब्यवसायको रकमवाट सहयोग गर्छु’ संसद कोईरी

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास

महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोईरीले बिकासमा प्रेम भएमात्र असल समाजसेवा हुने बताएका छन । आईतवार महोत्तरीको बर्दिवास स्थित देउराली माध्यमिक बिद्यालयलाई ईट सहयोग गर्ने क्रममा उनले सो कुरा बताएका हुँन् ।

संसद कोईरीले आफु जुनसुकै दलको मान्छे भएपनी सम्पुर्ण क्षेत्र नम्बर १ को नागरिकको नेता भएकोे बताए । उनले चार बर्ष भित्रै क्षेत्र नम्बर १ को सबै वडामा खानेपानीकोे समस्या समाधानकालागि काम गर्ने भन्दै त्यसकालागि रिसर्च गरेर काम गरीने बताए ।

कोईरीले क्षेत्र नम्बर १ भित्र शिक्षा स्वास्थ्य कृषि पुर्वाधार लगायत जुनसुकै संघ संस्थाको बिकासको लागी आफु हरपल तयार रहेको हुँदा संसदिय पुर्वाधार बिकास कोषको रकमबाट नभएपनी आफुले सकेको पारीवारीक ब्यवसायको रकमवाट सहयोग गर्ने प्रतिबद्धता जनाए । एक फरक प्रसंगमा कोईरीले अबैध नदी उत्खननबाट यस क्षेत्रका नागरिक दिन प्रतिदिन समस्यामा पर्दे गएको भन्दै जनता सडकमा आएमा जन प्रतिनिधिले बध्य भएर उत्खनन रोक्न लगाउने जनाए ।

उनले उत्खनन मापदण्ड अनुसार गराउन र अबैध नदी उत्खनन रोक्न प्रसाशन संग पहल गरीने कुरा उल्लेख गरे । यसैगरी संसद कोईरीले देउराली मा बि मा निर्माण कार्यकोलागी ६ हजार ईट ब्यक्तिगत सहयोग गरेका छन ।