प्रो क्लबको उपाधि पुलिसलाई

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा
पर्साको वीरगन्ज स्थित नारायणी रंगशालामा शनिबार भएको फाइनल खेलमा प्रो क्लब क्रिकेटको उपाधि विभागीय टिम नेपाल पुलिस क्लबले जितेको छ।
पुलिसले पर्सा क्लब ११ लाई एक सय रनले पराजित गरेको हो
पुलिसले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको पर्सा ११ ओभरमा ४५ रनमै अलआउट भयो। अनिल साहले १३ रन बनाउनुबाहेक अरु कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। पर्सालाई सस्तैमा समेट्न पुलिसका सागर ढकालले ४, ललित राजवंशी र रसिद खानले २÷२ तथा करण केसी र शेर मल्लले एक÷एक विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो। पुलिसका करण केसीले अविजित ४० रनको योगदान गरे। अर्जुन साउदले २६, शंकर रानाले १९, दिलिप नाथले १७ र कप्तान आरिफ शेखले १६ रन बनाए।

पर्सा क्रिकेट संघ र जोहरा इन्टरनेसनलको आयोजनामा गत पुस ५ गते सुरु भएको प्रतियोगितामा पर्सा–११, आर्मी क्लब, पुलिस क्लब, एपिएफ क्लब, वान्डर्स क्लब र यूपी–११ सहभागी थिए । पर्साका कप्तान सन्दीप लामिछाने बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले शुक्रबार उनलाई दोषी ठहर गरेपछि उनले शनिबारको फाइनल खेल खेलेनन्। उनको अनुपस्थितिमा टिमको कप्तानी सुरज पटेलले सम्हालेका थिए।