कर्जन्हा १ का वडा अध्क्षय पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
सिरहाको कर्जन्हा नगरपालिका १ का वडा अध्यक्ष फणिन्द्र प्रसाद पोखरेललाई डिभिजन वन कार्यालय लहान सिरहाले पक्राउ गरेको छ।
चुरे तथा वन क्षेत्रबाट अवैध उत्खनन्को सिफारिस दिएको भन्दै उनलाई पक्राउ गरीएको डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले जानकारी दिए । पोखरेलले स्काईभेटर प्रयोग गरी अबैध रुपमा ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् गरेर पोखरी खन्न ऐन, कानून विपरित सिफारिस गरि सहयोग गरेको आरोपमा पक्राउ गरीएको डिभिजन वन कार्यालय लहान सिरहाले जनाएको छ।
घटनाको बिषयमा थप अनुसन्धानको लागि उनलाई डिभिजन वन कार्यालय, सिराहा, लहानको हिरासतमा राखिएको हो।

सोही क्षेत्रबाट अवैध उत्खनन गरी विक्रिवितरण गरेको आरोपमा कमलेस्वरी कमला क्रसर उद्योगका सञ्चालक मोहमद खलिल राइनलाई पनि वन कार्यालयले नियन्त्रण लिएको छ।

सोही क्षेत्रबाट वनले स्काईभेटरसहित चालक प्रदीप कुमार दर्लामी र स्थानीय ठेकेदार निरज बस्नेतलाई पनि यहि पुस ७ गते नै पक्राउ गरिएको थियो।

पक्राउ गरेएका व्यक्तिहरु उपर चुरे संरक्षित क्षेत्र तथा वन क्षेत्रमा अवैध उत्खनन् गरेको कसुरमा मुद्दा चलाइने सूचना अधिकारी चौधरीले जानकारी दिए।