लागु औषधको दुव्र्यशनी बढी रहेका सूचनाले भयावह अवस्था निम्तिने सङ्केत देखिएको वडा अध्क्षय खड्काको भनाई

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष भोला खड्काले बर्दिवास नगर क्षेत्रमा लागु औषधको दुव्र्यशनी बढी रहेका सूचनाले भयावह अवस्था निम्तिने सङ्केत देखिएको बताएका छन् । बर्दिवासमा शुक्रवार वडा नम्बर १ को कार्यालयले आयोजना गरेको लागु औषध बिरुद्धको सचेतना ¥याली पछीको कोण सभालाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुँन । उनले लागुपदार्थ दुव्र्यसनको अहिलेको अवस्था नियन्त्रण गर्न घरघर व्यक्तिव्यक्ति यस विरुद्धको अभियानमा सरिक हुन पर्ने आवश्यकता औल्याए ।
खड्काले महोत्तरी जिल्ला लागुपदार्थको दुव्र्यसन र ओसारपोसारको केन्द्र बनेको समाचार आईरहदा बर्दिवासको भबिष्य प्रती आफु चिन्तित भएको बताए । बडा अध्क्षय खड्काले मुख्य रुपले बर्दिबास नगरक्षेत्र दुव्र्यसनीको अखाडा बन्दै गएकोमा बर्दिवासका सबैनागरिक सचेत हुनु पर्नेमा जोड् दिए ।
यसैगरी लागुपदार्थको बढ्दो दुव्र्यसन र कारोबारविरुद्ध बर्दिबास चोकमा सचेतना ¥याली सहितको कोण सभा गरिएको छ । बर्दिबास– वडा नम्बर १ को कार्यालयको संयोजन र समन्वयमा बर्दिबास चोकमा जनचेतना मुलक ¥याली सहितको कोण सभा सम्पन्न भएको हो ।

बर्दिबास– १ को सिन्धुलीचोकबाट लागुपदार्थ दुव्र्यसनविरुद्धको नारा लेखिएका ब्यानरसहित आयोजित ¥यालीमा वडाअध्यक्ष भोला खड्का, वडासचिब जीवनाथ पोखरेलसहित बिभिन्न विद्यालयका शिक्षक, विद्यार्थी तथा सामाजिक सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।