आज्ञा खबरबर्दिवास
महोत्तरीको औरहीबाट ११ हजार भोल्टेजको तार छिनाएर ट्रान्सफर्मर चोरी भएको छ ।
सो नगरपालिका –७ स्थित सोनामाई भोईलबाट विद्युतीय ट्रान्सफर्मर ११ हजार भोल्टको तार छिनाएर १०० केभिएको ट्रान्सफर्मर चोरी भएकोे औरही नगरपालिका – ७ बस्ने रामप्रवेश यादवले जानकारी दिए ।
चोरी गर्ने समूहले तामाको तार र त्यस भित्र रहेको तेलका लागि ट्रान्सफर्मर चोरी गरेको स्थानीयले बताएका छन्।
औरहीको भोईलबाट भंगहा जोड्ने बाटोको बीचमा पर्ने औरही नगरपालिका ७ सोनामाई भोईलमा किसान लाई सिँचाइ गर्न जडान गरिएको ट्रान्सफर्मर फुटाएर तामाको तार चोरी गरेको स्थानियबासीको भनाई छ । औरही गाउँबाट पूर्व रहेको खेतको किसानलाई सिचाइ गर्न जडान गरिएको ट्रान्सफर्मर चोरी भएपछी किसानहरु मर्कामा परेको स्थानिय किसानहरुको गुनासो रहेको छ।
चोरीको विषयमा प्रहरीले अनुसन्धान गरीरहेको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ ।