आधारभुत स्वास्थ्यको जिम्मेवारी राज्यले लिनुपर्ने ः माओबादी नेता पोखरेल

[sharethis-inline-buttons]

निकिता खनाल
बर्दिवास
नेकपा माओबादी केन्द्रका उपमहा सचिब तथा नि–बर्तमान शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री गिरीराजमणी पोखरेलले स्वास्थ्यलाई बिकास संग जोडेर अभियान चलाउनुपर्ने बताएका छन् ।
महोत्तरीको बर्दिवासमा शुक्रवार जनमुखी स्वास्थ्य र बिकास सहकारी संस्था लिमिटेडको १३ औ बर्षिक साधारण सभालाई सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुँन ।

उनले समाजबाद उन्मुख संबिधानमा सहकारीको भुमिका महत्वपुर्ण रहने हँुदा सहकारीको तिन खम्बे निती मार्गदर्शन भएको बताए । नि–बर्तमान मन्त्री पोखरेलले एकअर्कालाई सहयोग र सहकार्य गर्न सहकारी संस्था जन्मिएकाले बालबालिका बिपन्न तथा फरक क्षमता भएका नागरिककोे स्वास्थ्यलाई ध्यान दिएर स्वास्थ्य सहकारी सञ्चालन गरीने भएकोले आधारभुत स्वास्थ्यको जिम्मेवारी राज्यले लिनुपर्ने जिकिर गरे ।

पोखरेलले आजपनी नागरिकले ५५ प्रतिशत रकम स्वास्थ्य उपचारकालागी आफ्नै गोजीबाट खर्च गरीरहेको हुनाले नागरिकले ठुलो आर्थिक भार ब्यहोर्नु परेको बताए ।
नेता पोखरेलले सहकारीलाई उत्पादनको क्षेत्रमा लगी बिपन्न नागरिकको शिक्षा, स्वास्थ्य,आय आर्जनलगायका काम गरेर जिबन स्तर माथी उठाउनुपर्ने कुरामा जोड दिए ।