रक्सी खुवाएर ८२ हजार लुटेको आरोपमा रौतहटबाट दुई युवक पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
रौतहट
रौतहट प्रहरीले ८२ हजार रुपैयाँ लुटेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौटहटको कटहरिया नगरपालिका–४ बहादुर टोल बस्ने ३१ वर्षीय नसिब बैठा र कटहरिया ५ पानी ट्यांकी बस्ने ३६ वर्षीय शंकर साह सोनार रहेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

बिहीबार स्थानीय ७० वर्षका आलम मिया अन्सारीको साथबाट ८२ हजार रुपैयाँ लुटेको रौतहटका प्रहरी नायव उपरीक्षक (डीएसपी) एलिजा गिरीले जानकारी दिइन्।

 

उनीहरुले मन्सुरीलाई ललाइ फकाइ मदिरा बुवाएर मताएपछि लुटपाट गरेका प्रहरीले जनाएको छ।

लुटपाटपछि फरार भएका बैठा र सोनारलाई प्रहरीले कटहरियाबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट ५९ हजार रुपैयाँ बरामद भएको बताईएको छ ।

पक्राउ परेका दुबैजनालाई चोरी तथा डाका सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाएकोे छ।