विजय कुमार सिंह
बिजलपुरा
तीन वर्ष अघि स्कूल जर्जर थियो । अहिले त हराभरा बन्दै गएको छ । भत्ताभुङ र लथालिङ स्कूलको नाम लिदाँ राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनाथ बनरझुल्लालाई उदाहरण पेश गरिन्थ्यो । तर, अब यो स्कूलले आफ्नो पुरानो अनुहार फेरेको छ ।
महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगरस्थित यो स्कूललाई बिहीबार मात्रै ‘हरित विद्यालय’ निर्माण अभियान अन्तर्गत होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले विभिन्न जातका १२ सय विरुवा प्रदान गरेको छ । विद्यालयका ६ सय बढी विद्यार्थीहरु सहभागि भएर विरुवा रोपेका थिए । अब यो विद्यालयमा विरुवा रोपिएर झनै हराभरा बनेको छ ।
जनस्तरबाट सहयोग संकलन गरेर तीन बर्ष अघि जनसहयोगी युवा सञ्जाल बर्दिबास महोत्तरीले यहाँ बालउद्यान तथा गार्डेन निर्माण थालेको थियो । अभियानको सुरुवाती चरणमा पनि होटल तथा पर्यटन व्यवसायीहरुले सहयोग गरेका थिए । गार्डेनका लागि सबै संरचना तयार भएर केही खण्डमा वृक्षा रोपन गर्न बाँकी थियो । दुई वर्षदेखि विद्यालयले विरुवाका लागि दाता गुहार्दै आएको थियो । मन्दीको मारमा व्यवसायी परेको बेला पानि स्कूलको आवश्यकता बारे थाहा पाएपछि मनकारी युवा उद्यमीहरुले १२ सय विरुवा प्रदान गरेका हुन् । विद्यालय परिवार, होटल व्यवसायी र महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य लक्ष्मी महताले सुंयुक्त रुपमा एक समारोहका बिच बिहीबारै स्कूलमा वृक्षा रोपन गरे ।
प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले जनसहयोगी युवा सञ्जाललाई विद्यालय रुपान्तरण अभियान चलाएर ठूलो काम गरेको भन्दै हार्दिक दिलले धन्यवाद दिए ।
विद्यालयको भौतिक विकासका लागि सहयोग गर्ने उनले प्रतिबद्धा जनाए । ‘विद्यालयको अधुरा भवन बजेट ल्याएर पुरा गर्छौं । जस्ता भएका जीर्ण भवनहरुलाई हटाएर सुविधा सपन्न भवन बनाउँछौं’, उनले भने, ‘विकासका लागि पहिला व्यवस्थापन समित गठन गर्नु पर्छ । हामी बजेट हाल्छौं । मेरोे धर्म नै बन्छ विकास गर्नु ।’
नेपाल रेडक्रस सोसाईटी उप–शाखाका कार्यालय बर्दिबासका सभापति सुदिप कार्कीले विद्यालयमा छिट्टै जुनियर नेपालरेडक्रस गठन गर्ने बताए । नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरा गौतमले विद्यालयको आवश्यकतामा निरन्तर सयहोग गर्ने बताए ।
जनसहयोगी युवा सञ्जाल बर्दिबासका अध्यक्ष परमेश्वर महताले स्कूलको भाईबहिनीहरुको भविष्य बनाउनका लागी सञ्चारकर्मी राजकरणम महतो र अमृत कुमार महतो हौसल्ला प्रदान गरेर स्कूलसंग जोडिदिएको उल्लेख गरे । ‘धेरै कठिनाइका बाबजुद्ध पनि काम गरेर यहाँसम्म आयौं । बालउद्यान परियोजनाको केही काम अझै बाँकी नै छ ’, उनले भने, ‘त्यमास पनि हामीले तपाईंहरुबाट साथ र सहयोग पाउँछौं भन्नेर विश्वास गरेका छौं ।’
होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गोपाल कार्कीले विद्यालयले माघ ५ गते स्वर्णजयन्ती बनाइउने तयारीमा जुटेको खबर उत्साहित बनाएको बताए
‘भाईबाहिनाहरुको भविष्य जग बसाल्ने ठाउँ हो स्कूल । जहाँ कस्तोे जनशक्ति उत्पादन गर्ने बनाउने ? कस्तो शिक्षा दिने ? बारे खोजी हुन्छ ’, उनले भने, ‘देश चलाउने नेता पनि यहि ठाउँबाट तयार हुन्छ ।त्यसैले स्कूलको वातावरण प्रकृतिमैत्री बनाउनु पर्छ । ’विरुवाले मानवमा आन्दन, खुशीको सञ्चार गर्ने भएकाले स्कूलमा हरित अभियान चलाउनु पर्नेमा उनले जोड दिए, यो विद्यालय अब छिट्टै शैक्षिक पर्यटन केन्द्र बन्ने छ । अगामी दिनहरुमा हामीबाट यसरी नै भइरहछ ।’
वडा अध्यक्ष घुरण महतो विद्यालय विकासमा सबैले ध्यान र चासो लिनु पर्ने बताए । ‘विद्यालय हाम्रो हो । मैले विद्यालयमा सहयोग गरेको छु । विद्यालय विकासतिर सबैको ध्यान छ ।तर, विद्यालय व्यवस्थान समितिका कसैका ध्यान छैन, अब पहल लिन्छु’, उनले भने, ‘समाजका आत्मिय मनहरुलाई हामीले मिलाएर जान्छौं ।’ अभिभावकहरुले विद्यालयमा ध्यान दिन जरुरी रहेको उनले बताए । उनले भने ‘ निःस्वार्थ भावनाले विद्यालय विकास गर्छौं । शिक्षा प्रतिको विचारलाई अगाडि बढाउँछौं ।’